८ कार्तिक २०८३, आइतबार | October 25, 2026

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो



जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो । पहिलो विस्फोट मंगलबार राति भएको थियो भने बुधबार लगातार चारवटा विष्फोट भएको थियो । जसका कारण उक्त क्षेत्रको अवस्था नाजुक बनेको छ । ज्वालामुखी एजेन्सीले खतराको स्तरमा उच्च सतर्कता स्तर ४ मा बढाएको छ ।

समाचार अनुसार  निषेधित क्षेत्रको आकार ४ बाट ६ किलोमिटरसम्म बढाइएको छ । रुआङका ८०० भन्दा बढी बासिन्दाहरूलाई पहिलो पटक राज्यको राजधानी मनाडोबाट १०० किलोमिटर टाढा टागुलान्डाङ टापुमा लगिएको छ । निषेधित क्षेत्र विस्तार भए पछि बिहीबार बिहान थप मानिसलाई विस्थापित गर्नुपरेको थियो । उक्त क्षेत्रका करिब ११ हजार ६१५ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रकोप तथ्याङ्क, सञ्चार तथा सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीले जानकारी दिए ।

अधिकारीहरूले डराउँछन् कि यस पटक ज्वालामुखीको एक भाग सन १८७१ विष्फोट जस्तै समुद्रमा खसेको छ । यसले इन्डोनेसियामा सुनामीको जोखिम बढाउन सक्छ र ज्वालामुखी अझै बढन सक्छ ।

मनाडोस्थित साम रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार साँझसम्म बन्द गरिएको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरपोर्टले दक्षिण कोरिया, चीन र सिंगापुरलगायत अन्य देशहरूमा सेवा दिन्छ । यसबाहेक, मलेसियाको कोटा किनाबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने उडानहरूमा अवरोधहरू भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : १७ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले