२ असार २०८३, मंगलबार | June 17, 2026

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या



बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एण्ड लजमा बुधबार साँझ १७ वर्षीया अन्जली जि.सी.लाई उनकै बाबु ४८ वर्षीय नारायणबहादुर जि.सी.ले रड प्रहार गरी हत्या गरेका हुन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका-५ बर्गदवा बस्ने नारायण बहादुर जि.सी.ले रातको करिब ९ बजे होटलमा बस्दैगर्दा रडले हानेर छोरीको हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

घटनापछि उनलाई विहिबार दिउँसो कञ्चन ४, थकालीचोकबाट प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको पण्डितले जानकारी दिए । अञ्जली हरैया माध्यमिक विद्यालयको कक्षा ११ मा अध्यनरत थिईन ।

बाबु नारायणको प्रारम्भिक बयान अनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनि घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले घर जान आग्रह गर्दा नमानेपछि रिसको झोकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका छन् । घटना बारे थप अनुसन्धान र बयान लिने काम भने अझै बाँकी रहेको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ८ : ४८ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ