२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा



काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलका दोस्रो लिगका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

युरोपा लिगको सेमिफाइनलमा इटालियन सिरी ए का एएस रोमा र एटलान्टा पुगेका छन् भने जर्मनी क्लब लिभरकुसन र फ्रेन्च क्लब मार्सेली सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा मार्सेलीले एटलान्टाको सामना गर्ने छ भने रोमाले जर्मन च्याम्पियन लिभरकुसनको सामना गर्ने छ ।

क्वाटरफाइनलमा रोमा एसी मिलानलाई पहिलो लिगमा १-० ले र दोस्रो लिगमा २-१ गरि समग्रमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै एटलान्टाले प्रिमियर लिग क्लब लिभरपुललाई पहिलो लिगमा ३-० ले पराजित गरेको थियो भने दोस्रो लिगमा लिभरपुलले १-० ले जितेपनि समग्रमा एटलान्टा ३-१ ले विजयी हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी लिभरकुसनले प्रिमियर लिग क्लब वेस्टह्यामलाई पहिलो लिगमा २-० र दोस्रो लिगमा १-१ को बराबरीसहित समग्रमा ३-१ ले पराजित गरेर सेमिफाइनमा पुगेको छ ।

त्यस्तै मार्सेलीले पोर्चुगलको क्लब बेनिफिकालाई पहिलो लिगमा २-१ ले पराजित भए पनि दोस्रो लिगमा १-० ले पराजित गर्दै समग्रमा २-२ को नतिजा आएपछि पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अब सेमिफाइनलको पहिलो लिगका खेल मे २ मा र दोस्रो लिगका खेल मे ९ मा हुने छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ४६ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य