१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

‘बजरंगी भाइजान’ र ‘राउडी राठौर’ को सिक्वेल बन्ने



काठमाडौं । सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ र २०१२ मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘राउडी राठौर’को सिक्वेलको अपडेट बाहिर आएको छ । यी दुई चलचित्रको काम छिट्टै सुरु हुने निर्माता केके राधामोहनले एक कार्यक्रममा जानकारी दिए । उनीहरुको स्क्रिप्ट तयार भइसकेको छ ।

हालै हैदराबादमा आयोजित फिल्म ‘रुस्लान’ को प्रमोशनल कार्यक्रममा निर्माता राधामोहनले यस्तो बताएका हुन् । यी दुवै फिल्मको स्क्रिप्ट राजामौलीका पिता विजयेन्द्र प्रसादले लेखेको राधामोहनले बताए ।

निर्माताले भने, ‘लेखक विजयेन्द्रप्रसादले मेरो लागि दुईवटा कथा लेखेका छन् । एउटा ‘विक्रमकुडु–२’ हो, जसको हिन्दी सिक्वेल ‘राउडी राठौर–२’ नामबाट बन्नेछ । यसको कथा तयार छ र हामी छिट्टै यसको कास्टिङको काम सुरु गर्नेछौं, यस अवसरमा उनीसँगै लेखक विजयेन्द्र प्रसाद पनि उपस्थित थिए ।

‘बजरंगी भाइजान’को सिक्वेलको बारेमा कुरा गर्दै राधामोहनले यो फिल्मको दोस्रो भागको स्क्रिप्ट पढिसकेकाले छिट्टै सलमानलाई भेटेर यसको कथा सुनाउने बताए ।

यसअघि २०२१ मा फिल्म ‘आरआरआर’ को प्रमोशनल इभेन्टमा सलमानले ‘बजरंगी भाइजान’को सिक्वेल बन्न लागेको कुरा पुष्टि गरेका थिए । २०२३ मा, बलिउड हंगामाले एक रिपोर्टमा यो फिल्ममा पूजा हेगडे मुख्य भूमिकामा देखिने दाबी गरेको थियो। फिल्मको शीर्षक ‘पवनपुत्र भाईजान’ रहनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : ५७ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो