२२ माघ २०८२, बिहिबार | February 5, 2026

अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न नेपाल प्रहरीको आग्रह



काठमाडौं । नेपाल प्रहरीले अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘आपराधिक घटनाको समाचार सम्प्रेषण’सम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तक्र्रियामा अपराध अनुसन्धानका क्रममा रहेका घटनाको समाचार लेख्दा संयम बन्नुपर्नेमा जोड दिइयो ।

अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले आंशकाका भरमा कसैको सङ्लग्नताबारे समाचार सम्प्रेषण गर्दा भ्रम सिर्जना हुने भन्दै यस्ता प्रकृतिका समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताए ।

“तथ्यमा आधारित नभएका समाचार जथाभावी रुपमा सम्प्रेषण गर्दा आम जनताप्रति भ्रम सिर्जना भएको छ, यस्ता समाचार सम्प्रेषणमा विशेष ध्यान दिन जरुरी छ”, उनले भने । एआईजी तामाङले प्रहरीले आम जनसरोकारका विषय सञ्चारमाध्यमलाई प्रदान गर्दैै आइरहेको उल्लेख गरे ।

नेपाल प्रेस काउन्सिलका आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले काउन्सिलले प्रेस काउन्सिल ऐन २०४८ बमोजिम आचारसंहिता निर्माण गरी सञ्चारमाध्यमको अनुगमन गर्दै आइरहेको उल्लेख गरे । “जनशक्तिले भ्याएसम्म आचारसंहिता उल्लङ्घन गर्दै आएका सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले कारबाही गर्दै आइरहेको छ” उनले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी शाखा अधिकृत शारदा चालिसेले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा मन्त्रालयले काम गरिरहेको बताए । उनले सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्का निर्णयलाई आम जनतासमक्ष पु¥याउनका नियमित पत्रकार सम्मेलन गर्दै आइरहेको उल्लेख गरे ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीले सूचना लुकाउँदा आम जनताको सुसूचित हुने हकको हनन हुने भएकाले समाचार दिँदा कन्जुस्याईँ गर्न नहुनेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : ०९ बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न