७ आश्विन २०८३, बुधबार | September 23, 2026

पश्चिम भारतमा सडक दुर्घटनामा ९ को मृत्यु



नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा १८ देखि ३० वर्ष उमेर समूहका कम्तीमा नौ पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राजस्थानको झालवार जिल्लामा तीव्र गतिमा गुडिरहेको गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । पीडितहरू छिमेकी राज्य मध्यप्रदेशको विवाहमा सहभागी भई घर फर्किरहेका थिए ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना हुँदा दुर्घटनाग्रस्त गाडीमा १० जना सवार थिए । एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि ठूला सवारी साधनका चालक घटनास्थलबाट फरार भएको र पछि उनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : ३६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११