२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

बुटवलमा मदन भण्डारीको स्मृति दिवसको अवसरमा हाफ् म्याराथन प्रतियोगिता हुने



बुटवल । नेकपा एमाले तत्कालिन महासचिव स्व. मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले रुपन्देहीको बुटवलमा स्व. मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा जेठ ३ गते दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

गत वर्ष शान्तीको कामनासहित भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको एकेडेमीले यश पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो । सबैका लागि खेलकुंद भन्ने नाराका साथ बालकदेखि वृद्वासम्मको दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको मदन भण्डारी स्पोर्टस एकेडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी गराए । २१ किलोमिटरको हाफ् म्याराथन प्रतिस्पर्धामा जो सुकैले पनि भाग लिन पाउने उनले बताए । त्यस्तै १० किलोमिटर कलेज स्तरीय र ५ किलोमिटरको विद्यालय स्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ ।

६० वर्ष माथिका जेष्ठ नागरिकको लागि वाकाथन प्रतियोगिता पनि सँगसँगै राखिएको खेल संयोजक मोहन घलेले जानकारी दिए । खुला रेसको प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार, चौथो ३० हजार, पाँचौ २० हजार र छैटौं १० हजार रहेको छ । त्यस्तैगरी १० किलोमिटर दौडको प्रथम ३५ हजार, द्वितीय २५ हजार, तृतीय पुरस्कार १५ हजार, चौथौं १० हजार र पाँचौ र छैटौंको क्रमस: ७ र ५ हजार रहेको छ ।

छात्र छात्रा दौडको विजेताले प्रथम पुरस्कार छात्रतर्फ क्रमश: २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् । भने, छात्रातर्फ १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी तीब्र पारिएको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । एकेडेमीले कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई दुई वर्ष पुग्ने औषधिका लागि रकम पनि सोही अवसरमा प्रदान गर्ने अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : ०१ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात