५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम



काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको हो ।

दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेस्ट इन्डिजको कुनै पनि टिम नेपाल टूरमा आएको यो पहिलो पटक हो ।

नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम-रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श । प्रशिक्षण टिम: मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट-नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच-शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १२ : ३९ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया