१२ श्रावण २०८१, शनिबार | July 27, 2024

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम



काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापन सम्बन्धी एकहप्ते प्रशिक्षण तथा क्षमता विकास तालिम आयोजना गरेको छ ।

विभागमा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु, अनुसन्धानकर्ताहरू र विभागमा कार्यरत शिक्षकहरु गरी २० जना सहभागी छन् । तालिममा माटोको परीक्षण गर्ने सीपको विकास गरी सहभागीहरुलाई माटोसम्बन्धी अनुसन्धान गर्ने विधिबारे अभ्यस्त पार्ने उद्देश्य रहेको छ ।

कीर्तिपुरस्थित भूगोल केन्द्रीय विभागमा आयोजित तालिमको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले देशका लागि अनुकरणीय व्यक्तित्वहरु विकास गरेको भूगोल विषयको गरिमालाई थप बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राडा ध्यानेन्द्रबहादुर राईले सहभागीहरुको सकृयताबाट मात्रै तालिमबाट उपलब्धि हासिल हुन सक्ने भन्दै प्रविधिको अधिकतम प्रयोगमार्फत तालिमलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखेका थिए ।

भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा उमेशकुमार मण्डलले सन् २०१४ मा चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा ‘साइनो नेपाल जोइन्ट रिसर्च सेन्टर फर जियोग्राफी’ परियोजना अन्तर्गत निर्माण भएको प्रयोगशालामा विभागले पहिलोपटक माटो परीक्षणसम्बन्धी क्षमता विकास तालिम अयोजना गरेको जानकारी दिएका थिए ।

माटो विज्ञ सन्तोष कुमार श्रेष्ठ र बायोमेडिकल इन्जिनियर प्रन्जल पाण्डे तालिममा विज्ञका रुपमा सहभागी छन्। तालिममा माटोको पिएच मान, टेक्स्चर, पोटासियम फोस्फेरस, नाइट्रोजन, अर्गानिक म्याटर लगायतका १६ विविध पक्षहरुको परीक्षण गर्ने विधिमा केन्द्रित रहने भूगोल केन्द्रीय विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  १ : ११ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान