५ मंसिर २०८३, शनिबार | November 21, 2026

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता लुम्बिनी र लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिमबीचको उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । यस खेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ ।

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो ।

यता, लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । मंगलबार भएको उक्त खेलमा जित निकालेपछि लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।

पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनल पुगेको सुदूरपश्चिम यसपटक पहिलोपटक एनपीएल उपाधि जित्ने लक्ष्यमा छ । पहिलो संस्करणको उपाधि जितेको लुम्बिनी भने यसपटक पनि विजेता बन्दै उपाधि रक्षा गर्ने योजनामा मैदान उत्रनेछ ।

दुवै टोलीका लागि यो फाइनल प्रतिष्ठाको भिडन्तसमेत हुनेछ । सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल खेलेर पहिलो उपाधि जित्ने प्रयासमा रहँदा लुम्बिनी लगातार दोस्रोपटक उपाधि उचाल्ने लक्ष्यमा हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : १४ बजे

Your email address will not be published.

नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । नागढुंगा-मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि

एकादशी महोत्सवमा भजन प्रतियोगिता, नेरामाविले जित्यो उपाधि

खजुरा । हरिबोधनी एकादशीका अवसरमा बाँकेको खजुरामा आयोजना भएको अन्तर

दशौँ राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा, सात जिल्लामा प्रतियोगिता हुने

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३२ खेल कर्णाली र

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो