२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !



बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर उपत्तोक्ता संस्थाहरु बीचनै विवाद उत्पन्न भएको छ । बुद्धनगर खानेपानी निर्माण तथा उपभोक्ता समिति र स्थानीय जागरण टोल बिकास संस्था बीच जग्गा विवाद भएको हो ।

हाल बुद्धनगर खानेपानी उपभोक्ता समितिको भवन रहेको जग्गामै टोलबिकास संस्थाले आफ्नो स्वामित्व रहेको दाबी गर्दै नयाँ भवन निर्माण गर्न थालेपछि विवाद थप उत्कर्षमा पुगेको हो । बुद्धनगरका विभिन्न ६ वटा टोल विकास संस्थालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको उपभोक्ता समिति र जागरण टोल बिकास संस्था बीचको विवादले वार्षिक साधारणसभा तथा अधिवेशन लगायतका कार्यक्रम समेत रोकिएको बुद्धनगर खानेपानी समितिका अध्यक्ष आशिष सुर्यवंशीले गुनासो गरे । जागरण टोल विकास संस्थाकी अध्यक्ष उमा जि.सी.ले नियतबस विवाद सिर्जना गर्न खानेपानीको जग्गामा जबरजस्ती डोजर चलाएर भवन निर्माण गर्न लागेको सुर्यवंशीले बताए । विगतदेखिनै खानेपानी संस्थाले भोग चलन गर्दै आएको अनुमानित ६ धुर जग्गामा स्वामित्वको विषयलाई लिएर विवाद सिर्जना भएको छ ।

खानेपानी समितिको २०७४ साउन ७ गते बसेको कार्यसमितिको १०२ औं बैठकले समेत हाल उपभोगमा रहेको जग्गासँगै ४२ हजार ७५० रुपैयाँ उपलब्ध गराएको छ । उक्त बैठकको निर्णयले समेत हाल विवादित रहेको जग्गा खानेपानी संस्थाकै हुन आउने कुरालाई थप पुष्टी गरेको अध्यक्ष सुर्यवंशीले दाबी गरे । खानेपानी समितिका पूर्व अध्यक्ष डि.बी. रसाईलीले विगतमा खानेपानी संस्थाकै जिम्मेवारीमा समेत बसेर काम गरेकी टोल अध्यक्ष उमा जि.सी.ले आफ्नो व्यक्तिगत कुण्ठा पूरा गर्न गलत कार्य गरेको उल्लेख गरे । ऐलानी रहेको जग्गामा खानेपानी समितिले २०६८ सालदेखि भोगचलन गर्दै आएको रसाईलीले बताए ।

खानेपानी संस्थाका संस्थापक अध्यक्ष लिलाधर भुसालले विवादलाई बसेर टुङ्ग्याउनु पर्नेमा जोड दिँदै खानेपानी र टोल विकास संस्था बीच आरोपप्रत्यारोप गलत भएको उल्लेख गरे । आफू अध्यक्ष हुँदादेखिनै संरक्षण हुँदै आएको खानेपानी संस्थाको जग्गालाई टोल बिकास संस्थाले दाबी गर्नु गलत भएको उनले बताए ।

उता टोल विकास संस्थाकी अध्यक्ष उमा जि.सी.ले भने खानेपानी उपभोक्ता समितिको नभई टोलबिकास संस्थाको जग्गा भएका कारण आफूहरुले भवन बनाउन पाउनु पर्ने अडान राखिन् । खानेपानी संस्थालाई टोल संस्थाले केही समयका लागि प्रयोग गर्न जग्गा दिएको दाबी गर्दै उनले विवादको कारण आफू नभएको उल्लेख गरिन् । यद्यपी हाल विवादित रहेको जग्गामा खानेपानीको संरचना निर्माण गर्न विभिन्न पदमा रहेर जि.सी.ले समेत योगदान गरेकी थिइन् । ‘विगतमा टोल बिकास संस्था नभई सेक्टर गठन गरी परिचालन गर्ने परम्परा थियो, सोही अनुसारको सेक्टर परिचालनदेखिनै संरक्षण हुँदै आएको उक्त जग्गा (विवादित जग्गा) टोल बिकास संस्थाको नै हो ।’-अध्यक्ष जि.सी.ले भनिन्, ‘हामीले आफ्नो जग्गामा भवन बनाउन पाउनैपर्छ भनेर काम सुरु गरेका हौं । भवन निमार्णका लागि वडाबाट ३ लाख बजेट विनियोजन भएको छ, सोही अनुसार काम अघि बढ्छ ।’

बुटवल-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले टोल विकास संस्था र खानेपानी समिति बीच विवाद बारे आफूलाई समेत जानकारी आएको बताउँदै समाधानका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको उल्लेख गरे । ‘सकेसम्म यस्तो विवादलाई समुदायमै बसेर मिलाउनुस भनेका हौं ।’-अध्यक्ष क्षत्रीले भने, उहाँहरु आफै मिल्न नसक्ने भएपछि छलफलका लागि बोलाएका छौं । सकेसम्म आपसी विवाद गरेर समाधान निस्किँदैन, एउटा निचोडमा जानैपर्छ ।’

बुद्धनगर खानेपानी समितिमा जागरण टोलसहित बुद्धटोल, शिवालय टोल, अल्कापुरी टोल, भगवती टोल र दुर्गा एकता टोलका उपभोक्ताहरु रहेका छन् । सबै टोलमा खानेपानी समितिमा कूल १२१२ उपभोक्ता सदस्य रहेका छन् भने जागरण टोलमा मात्रै २०६ जना उपभोक्ता सदस्य रहेका छन् । दुई संस्था बीचको जग्गा विवादकै कारण जागरण टोलका विभिन्न सेक्टरबाट प्रतिनिधित्व गर्नुपर्ने ३३ जना प्रतिनिधि नपठाएपछि खानेपानी समितिको वार्षिक साधारणसभा तथा अधिवेशन समेत रोकिएको अध्यक्ष सुर्यवंशीले गुनासो गरे ।

टोल अध्यक्षले जग्गा स्वामित्वको दाबी गर्दै टोल संस्थाको भवन बनाउन त्यहाँ रहेको पीपलको रुखसमेत कसैसँग पनि समन्वय नगरी काटेर फालेपछि सब डिभिजन वन कार्यालय मुर्गीयालाई समेत खबर गरिएको सुर्यवंशीले जानकारी गराए । यद्यपी सब डिभिजन वन कार्यालयले अवैध रुपमा काँचो रुख कटानको विषयमा कुनै कारबाही अघि नबढाउनुले आफूहरु समेत आश्चार्यमा परेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ५ : ३७ बजे

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७