२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गरेको छ । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो ।

हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अभिषेक शर्मा ३१, ट्राभिस हेड १, एडेन माक्ररमम र हेनरिक क्लासेन ७-७ रनमा आउट भए । प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भए ।

बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो । बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

विराट कोहली ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । फाफ डु प्लेसिस २५, विल ज्याक्स ६, महिपाल लोमरोर ७ र क्यामरन ग्रीनले २० बलमा ५ चौकासहित ३७ रन बनाए ।

हैदराबादका जयदेव उनादकटले ३, टि नटरजानले २, प्याट कमिन्स र मयंक मारकण्डेले १/१ विकेट लिए ।

बेंगलोर ९ खेलमा २ मा जितसहित ४ अंकका साथ पुछारमा छ । हैदराबाद ९ खेलमा ५ मा जितका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ८ : ०३ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा