१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा



ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताएकी छिन् ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रेस स्वतन्त्रता राजनीतिक स्वतन्त्रतासँग जोडिएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बतायन । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा समावेशीताका आधारमा सबैको भावनालाई आत्मसात् गर्दै जानुपर्छ । यसका लागि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण छ”, उनले भनिन ।

मन्त्री शर्माले प्रविधिमा आएको परिवर्तनलाई स्वीकार गर्दै निष्पक्ष पत्रकारिताको अभ्यासलाई स्थापित गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिइन । प्रविधिसँगै आएको परिवर्तनलाई आत्मसात् गर्दै पुराना कानुनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रक्रियागत ढिलाइका बाबजुद पनि मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक संसद्मा पेस गर्ने तयारी भइरहेको बताइन ।

नेपालको विज्ञापन बजारमा भएको अनियमितता, साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसद्मा लैजाने तयारी भइरहेको मन्त्री शर्माले बताइन । नीतिगत विषय समाधान गरेपछि समस्याको दिगो समाधान हुने उनले विश्वास व्यक्त गरिन्। मन्त्री शर्माले संविधानमा भएको त्रुटिलाई सच्याएर व्यवस्था परिवर्तनबाट अवस्था परिवर्तन गराउनमा मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै संविधानको व्यवहारिक कार्यान्वयन गर्दै कानुनी कुरा स्थापित गर्न मिडियाको व्यापक अभियान आवश्यक रहेको बताइन।

“संवैधानिक रुपमा वंशको अधिकार छोरीलाई भनिए पनि व्यवहारमा लागू हुन सकेको छैन । अझै पनि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता लिन कठिनाइ भइरहेकाले यसका लागि मिडियाले कमजोरी उजागर गर्दै सहज बनाउन सहयोग गर्नुपर्छ”, मन्त्री शर्माले भनिन् ।

अहिलेको व्यवस्था र आन्दोलनप्रतिको नकारात्मक धारणाको विकास भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले सकारात्मक धारणाको विकास गर्दै प्रशासनिक सुधारमा कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरिन्। “व्यवस्थामा सञ्चालकले गरेको गल्तीलाई व्यवस्था कै गल्तीकै रुपमा लिन हुँदैन । गल्ती गर्ने ढिलोचाँडो कानुनी दायरमा आउँछ । व्यवस्थालाई उपयोग गरेर भएको व्यक्तिको बदमासीको उजागर गरौँ । तर व्यवस्थालाई भारी बोकाएर खराब बनाउने काम नगरौँ”, मन्त्री शर्माले भनिन् ।

लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणमा क्रियाशील पत्रकारको सदस्यता छुट्नु, विधान बमोजिम सदस्यको नामावली आएको ६ महिनापछि मात्रै अधिवेशन हुने व्यवस्था महासङ्घले लागू गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा, ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेलगायतले पत्रकारितालाई व्यवस्थित गराउनु आवश्यक रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : २४ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का