४ पुस २०८२, शुक्रबार | December 19, 2025

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले इतिहास रचेको छ । आईपीएलको १७ सिजनको इतिहासमा मात्रै नभई टी-२० को इतिहासमा पनि सबैभन्दा ठूलो रन चेज गरेर पञ्जावले नयाँ किर्तिमान बनाएको हो ।

गएराती सम्पन्न खेलमा कोलकोता नाइट राइडर्सले दिएको २६२ रनको लक्ष्य १८.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यो आइपिएल इतिहासमा अमत्र नभएर समग्र टी-२० क्रिकेटमा अहिलेसम्मको सबैभन्दा सफल चेज हो । पञ्जाबको जितका नायक जोनी बेयरस्टो, शशांक सिंह र प्रभसिमरन सिंह बनेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । फिल साल्टले ३७ बलमा ७५ रन र सुनिल नारायणले ३२ बलमा ७१ रन बनाए । जवाफमा प्रभासिमरन सिंहले २० बलमा ५४ रनको इनिङ खेल्दै पञ्जाबलाई आक्रामक सुरुवात दिलाए । यसपछि जोनी बेयरस्टोले ४८ बलमा १०८ रन र शशांक सिंहले २८ बलमा ६८ रनको अविजित इनिङ खेल्दै पञ्जाबलाई जित दिलाए । यस खेलमा ४२ छक्का प्रहार गरिएको थियो, जुन आईपीएलको इतिहासमा कुनै पनि खेलमा सबैभन्दा बढी हो ।

यसअघि गतबर्ष दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रन चेज गरेको नै यस अघि धेरै रन चेजको रेकर्ड थियो ।

यो जितसँगै पन्जाब नौ खेलबाट तीन जित र छ हारसहित ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ । योसँगै कोलकाताको टोली दोस्रो स्थानमा छ । उसको आठ खेलमा पाँच जित र तीन हारसँगै १० अंक छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : ०८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज