७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग



काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरुगरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारवाहीको पूर्ण अधिकार दिइएको बताएका छन् ।

लिम्बुले आफुले मतदान गरेको तस्विर सामाजिक सञ्जालमा राखेपनि आचारसंहिता उलंघन भएको उजुरीपछि सो तस्वीर हटाएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ४ : २४ बजे

बाँकेका बिभिन्न स्थानबाट चोरी भएका ९ थान मोटरसाईकल बरामद, ४ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका नौ

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक

काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।