३० बैशाख २०८१, आइतबार | May 12, 2024

इलाम-२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै



काठमाडौं । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ ।  मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस अघि निर्वाचन आयोगले राति ११ बजेसम्म मतपेटिका संकलन सकिने भनेपनि राति ढिलो गरि मतपेटिका मतगणनास्थल मा पुर्याइएको छ ।

इलाम-२ को मतगणना  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा गरिदै छ । मुख्य निर्वाचन कार्यालयका अनुसार सर्बदलीय बैठक बसेपछि मतगणना करिब ७ बजेदेखि शुरु हुने छ ।

त्यस्तै बझाङको उपनिर्वाचनका मतपेटिका भने बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।

शनिबार सम्पन्न मतदानमा इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको थियो ।

यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : १६ बजे

मधेश सरकारबाट एमाले पनि बाहिरियो

धनुषा । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट

छ दशकदेखि एउटै कुर्चीमा बसेर ज्ञान बाँड्दै लालचन्द्र

बागलुङ । तपाईँलाई आज हामी कम्तिमा ६० वर्ष पुरानो किताब

राष्ट्र बैंक रिपोर्ट : महंगी घट्यो

काठमाडौं । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र

लुम्बिनीका दुई प्रदेश सांसद जसपामा खुले

बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी

सभामुखले बोलाएको बैठक बिना निष्कर्ष सकियो, कांग्रेसको अडान यथावत

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक,