३० बैशाख २०८१, आइतबार | May 12, 2024

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध



काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक-पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : २६ बजे

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक

काठमाडौं । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको

शेखर कोइराला र गगन थापाबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा-सुविधामा एकरूपता ल्याउन

भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा, सफा गर्न डोजर चलाइयो

बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले