५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने



काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग भिसा शुल्क नलिने भएको छ । आगामी मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

चीनले नेपाली नागरिकका लागि भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटक पटक माग हुँदै आएको थियो । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएका बेला उनले यस विषयमा कुरा उठाएका थिए भने पछिल्लो पटक उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले पनि चीन भ्रमणमा गएका बेला निःशुल्क भिसाको विषय टुङ्गो लगाएर आएका थिए ।

चैत १३ गते लगानी सम्मेलनको तयारीका लागि चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो धारणा राख्दै चिनियाँ पर्यटकका लागि फ्री भिसा लागू गरिएको जनाउँदै निःशुल्क भिसाबाट चिनियाँ लगानकिर्तालाई लगानी गर्न सजिलो हुने र चीनले पनि नेपाली नागरिकलाई भिसामा शुल्क नलिन आग्रह गरेका थिए ।

नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय लिएको जनाएका छन् । नेपालले भने सन् २०१६ देखि नै चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरिसकेको छ ।

२०७२ चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय गरेको थियो । सो निर्णय भएलगतै चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नेपाल आउने चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिएर यसको शुभारम्भ समेत गरेको थियो ।

चीनको भिसाका लागि नेपालीले तीन हजार ९०० रुपैयाँ तिर्दै आएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : ४६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं