२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित



काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

वेस्ट इन्डिज ए को यो जित पछि ५ खेलको सिरिज १-१ ले बराबरी भएको छ ।

अब सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ५५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति