८ पुस २०८२, मंगलबार | December 23, 2025

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

१९ वटै वडा कार्यालयमा आएका पहिलो सेवाग्राहीलाई सम्मान



बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा खुवाउदै नेपाल नगरपालिका कर्मचारी एशोसिएसन २७ औं स्थापना दिवस मनाएको छ । कर्मचारी एशोसिएसनले बुटवल वडा नं. ७ मा स्थित शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई गोरुहरुलाई आहारा खुवाउदै स्थापना दिवसको कार्यक्रम शुभारम्भ गरेको हो ।

स्थापना दिवसको आयोजित कार्यक्रहरुको शुभारम्भका क्रममा प्रमुख अतिथिकारुपमा उपस्थित बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेबी अर्यालले बुटवल उपमहानगरपालिकाले सडकमा छाडा चौपायालाइ व्यवस्थापन गर्ने पालिकाले अगुवाइ गरिरहेकोमा सबै सामाजिक संघसंस्थाले यस महत्त्वपूर्ण अभियानमा हातेमालो गर्नुपर्ने बताइन् । कर्मचारी एशोशियसनले गौशालाबाटै स्थापना दिवसको कार्यक्रमको प्रारम्भ गरेकोमा धन्यवाद ज्ञापन गर्दै उनले कर्मचारी एशोशियसनलाई स्थापना दिवसको शुभकामना दिइन् ।

उप प्रमुख अर्यालले कर्मचारीहरुले सामाजिक उत्तरदायित्व वहन गरेर पालिकाको अभियानमा होस्टेमा हैंसे गरेकोमा धन्यवाद दिइन् ।

कार्यक्रममा बोल्दैनेपाल नगरपालिका कर्मचारी एशोसियसन केन्द्रीय महासचिव सितुप्रसाद श्रेष्ठले एशोसिएशन देशभरिका पालिकामा कार्यरत कर्मचारीहरु साझा पेशागत संस्था भएकोले कर्मचारीहरका पेशागत साझा मुद्दाहरुमा बिगतदेखि नैनेतृत्वदायि भुमिका निवाह गरिरहेको र निरन्तर गरि रहने बताए ।

गौशालामा आयोजित कार्यक्रममा बुटवल बडा न ५ का अध्यक्ष हरिकुमार श्रेष्ठ तथा एशोसिएसनका केन्द्रीय सदस्य द्वय ठगिश्वर पोखरेल र ज्ञान प्रसाद अर्याल, निवर्तमान इकाई अध्यक्ष माधव बश्याल लगायतको उपस्थिती थियो ।

स्थापना दिवस अन्तर्गत आजै विहान १० बजे बुटवल उपमहानगरपालिका कार्यालयमा सेवा लिन आएका प्रथम सेवाग्राही बुटवल १ का सुधिर राजभण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपप्रमुख अर्याल, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले शुभकामना व्यक्त गरेका थियो । यही कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिका १ देखि १९ वटौ बडा कार्यालयमा समेत सेवा लिन आएका पहिलो सेवाग्राहीहरुलाई सम्मानित गरिएको थियो । स्थापना दिवसका अबसरमा साँझपख बुटवल उपमहानगरपालिका कार्यालयमा दिपावली समेत गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ९ : ४३ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना