२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ



सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको व्यवहारिक अभ्यास गरिरहेको बताएका छन् ।

सोमबार सिन्धुपाल्चोकको चौतारामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको लागि कानुन निर्माण, मेलमिलाप तथा राजपत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको व्यवहारिक अभ्यास गरिरहेको बताएका हुन् । उनले न्यायिक समितिले नागरिकलाई न्यायमा सहज पहुँच दिएको बताए । समितिले द्वन्द समाधान गर्न र सुशासन कायम गर्न भूमिका खेलिरहेको उनले बताए । उनले न्यायिक समिति सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ठुलो उपलब्धि भएको बताए ।

मन्त्री श्रेष्ठले न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्ने बताए । उनले कतिपय अवस्थामा भाषा नबुझ्दा न्याय निरुपणमा समस्या आउने गरेको भन्दै भाषाका कारण कुनै समस्या आउनु नहुने बताए । बागमती प्रदेशमा वैशाख २४ गतेबाट तामाङ र नेपाल भाषालाई कामकाजको भाषाको रूपमा कार्यान्वयन गरिने जानकारी दिदै उनले बागमती प्रदेशमा तामाङ र नेपाल भाषाका अनुवादक राखेर न्याय निरुपण गर्नुपर्ने कुरामा जोड दिए ।

मन्त्री श्रेष्ठले न्यायिक समितिका पदाधिकारीहरुले न्याय निरुपण गर्दा निष्पक्षता र तटस्थतामा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ३६ बजे

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास

दर्शन कल्याण ठकुरी समाजको बृहत निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० बढीको उपचार

तिलोत्तमा । दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको आयोजना तथा देवदह

बबईमा डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ