१२ असार २०८३, शुक्रबार | June 26, 2026

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी



काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का अभिनेता सिपी लोहनीको सोमबार निधन भएको छ ।

लोहनीको आज मध्यान्ह १.३० बजे मृत्यु भएको हो । विगत ६-७ वर्ष यता लोहनी पार्किन्सन तथा अल्जाइमर रोगबाट पीडित लोहनी केही दिन अगाडि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्तेष्टि गरिने जानकारी अभिनेता कृष्ण मल्लले जनाएका छन् ।

सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो । अभिनेतासँगै गायकसमेत रहेका सिपीको ‘माइतीघर’ सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए ।

‘माइतीघर’ सन् १९६६ मा रिलिज भएको थियो। लोहनी झ्याउरे गीतका जानकार हुन् । उनी ८६ वर्षका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ०७ बजे

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्