२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन्। नेपाल र चीनबीच हरित कृषि मित्रताको पुल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको व्यापार विस्तारका लागि १४ नाका सञ्चालनमा ल्याइने बताए।

यसका साथै मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपालीले चीन जाँनका लागि निःशुल्क भिषाको व्यवस्था गर्ने सहमति भएकोमा त्यो कार्यान्वयनमा आएको बताए।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो।

यस्तै तिब्बत पठार ब्लू एग्रीकल्चर कम्पनीले नेपाल एग्रीकल्चर कम्पनीबाट ओट घाँस र दाना खरिद गर्ने सम्झौता भएको छ। यससँगै अब नेपालबाट ओट घाँस र दाना चीन निर्यात हुने भएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : ५६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती