२१ भदौ २०८३, आइतबार | September 6, 2026

गुगलको पाइथान टिम बर्खास्त



काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन टिमलाई बर्खास्त गरेको छ । कम्पनीले यो निर्णय सस्तो कर्मचारी भर्ना गर्न र आफ्नो लागत घटाउन गरेको फ्री प्रेस जर्नलको रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार गुगलले लागत कटौतीका लागि अमेरिका बाहिरबाट सस्तो कर्मचारी भर्ना गर्ने योजना बनाएको छ । पाइथन एक उच्च परिष्कृत, सामान्य उद्देश्य प्रोग्रामिङ भाषा हो । यो गुगल टोलीमा करिब १० जनाले काम गरिरहेका थिए ।

रिपोर्टमा गुगलले जर्मनीको म्युनिखमा स्क्र्याचबाट नयाँ टोली सिर्जना गरिरहेको बताएको छ । यसअघि यस टोलीका १० जनाभन्दा कम व्यक्तिले पाइथनको सम्पूर्ण इकोसिस्टम चलाउँदै आएका थिए । गुगलको यो टोली पाइथनको स्थिर संस्करणलाई कायम राख्न, हजारौं तेस्रो पक्ष प्याकेजहरू अद्यावधिक गर्न र टाइपचेकर विकास गर्नमा संलग्न थियो ।

हालै गुगलले २८ कर्मचारीलाई निकालेको थियो । यी सबै कर्मचारीहरूले इजरायली सरकार र सेनालाई क्लाउड सेवाहरू उपलब्ध गराउने परियोजनाको विरोध गरिरहेका थिए । यसपछि कम्पनीका सीईओ सुन्दर पिचाईले आफ्नो एक ब्लग पोस्टमा कर्मचारीहरूलाई कार्यस्थलबाट राजनीतिलाई टाढा राख्न आग्रह गरेका थिए । त्यसमा उनले कर्मचारीलाई कार्यालयमा आएर आफ्नो काम गर्न र राजनीतिमा नलाग्न आदेश दिएका छन् ।

गुगलले २०२३ को सुरुमा १२ हजार कर्मचारीलाई निकालेको थियो । यस बर्खास्तीको बारेमा सीईओ सुन्दर पिचाईले कुनै पनि संस्थाको लागि चुनौतीपूर्ण समय भएको र विगत २५ वर्षमा हामीले कहिल्यै पनि यस्तो टर्निङ प्वाइन्टको सामना नगरेको बताएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : २८ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा