४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने



बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । रुपन्देहीका १६ वटा पालिकाहरुमा रहेका भलिबल खेलाडीहरु बिच रोचक प्रतिस्प्रर्धा हुने भएको हो ।

अन्तरपालिका भलिबल खेलमार्फत जिल्लाको उत्कृष्ट टिम बनाउने उदेश्य सहित प्रतियोगिता आयोजना गरीएको जिल्ला भलिबल संघ रुपन्देहीले जनाएको छ । यही बैशाख १९ गते देखी सन्चालन हुने भलिबल प्रतियोगिता तिलोत्तमा योगिकुटी स्थीत मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा हुने जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए ।

पालिकास्तरीय प्रतियोगिताले आयोजना गर्दा जिल्ला भित्र रहेका खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गर्ने अवसर पाउने उनको भनाई छ । ३ दिन सम्म सन्चालन हुने पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार, कप मेडल, प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले नगद ३५ हजार, कप, मेडल, प्रकाणपत्र हात पार्नेछन भने तेस्रो हुने टिमले नगद २५ हजार कप मेडल प्रमाणपत्र पाउनेछन् ।

सान्वना हुने समुहले नगद १५ हजार, कप, मेडल प्रमाणपत्र, हातपार्ने छन् भने प्रतियोगितामा अनुशासित हुने टिमले समेत कप प्रमाणपत्र पाउने खेल संयोजक लोकेन्द्र भण्डारीले जानकारी दिए । प्रतियोगितामा हाल सम्म ६ वटा पालिकाले नाम दर्ता गराईसकेको खेल संयोजक भन्डारीको भनाई छ । यस्ता प्रतियोगिताहरुले रुपन्देहीका विभिन्न पालिकाहरुमा रहेका भलिबल खेलाडीहरुको पहिचान र खेलाडी उत्पादन गर्ने सहयोग पुग्ने आयोजकको भनाई छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : ३७ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका