२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने



बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । रुपन्देहीका १६ वटा पालिकाहरुमा रहेका भलिबल खेलाडीहरु बिच रोचक प्रतिस्प्रर्धा हुने भएको हो ।

अन्तरपालिका भलिबल खेलमार्फत जिल्लाको उत्कृष्ट टिम बनाउने उदेश्य सहित प्रतियोगिता आयोजना गरीएको जिल्ला भलिबल संघ रुपन्देहीले जनाएको छ । यही बैशाख १९ गते देखी सन्चालन हुने भलिबल प्रतियोगिता तिलोत्तमा योगिकुटी स्थीत मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा हुने जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए ।

पालिकास्तरीय प्रतियोगिताले आयोजना गर्दा जिल्ला भित्र रहेका खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गर्ने अवसर पाउने उनको भनाई छ । ३ दिन सम्म सन्चालन हुने पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार, कप मेडल, प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले नगद ३५ हजार, कप, मेडल, प्रकाणपत्र हात पार्नेछन भने तेस्रो हुने टिमले नगद २५ हजार कप मेडल प्रमाणपत्र पाउनेछन् ।

सान्वना हुने समुहले नगद १५ हजार, कप, मेडल प्रमाणपत्र, हातपार्ने छन् भने प्रतियोगितामा अनुशासित हुने टिमले समेत कप प्रमाणपत्र पाउने खेल संयोजक लोकेन्द्र भण्डारीले जानकारी दिए । प्रतियोगितामा हाल सम्म ६ वटा पालिकाले नाम दर्ता गराईसकेको खेल संयोजक भन्डारीको भनाई छ । यस्ता प्रतियोगिताहरुले रुपन्देहीका विभिन्न पालिकाहरुमा रहेका भलिबल खेलाडीहरुको पहिचान र खेलाडी उत्पादन गर्ने सहयोग पुग्ने आयोजकको भनाई छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : ३७ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७