१ असार २०८३, सोमबार | June 15, 2026

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित



काठमाडौं । माल्दिच्समा भईरहेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० ले पराजित ग¥योे ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागि च्याम्पियनसिपमा २ अंकसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अंकविहिन छ । पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा कीर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।

अब शनिवारै हुने कीर्गिस्तान र श्रीलंकाबीचको खेलपछि नेपालको सेमिफाईनल प्रतिद्वन्दी तय हुनेछ । कीर्गिस्तान र श्रीलंका दुवैले यसअघि दुई खेल जित्दै समान ४ अंक जोडेका छन् । यी दुई बीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाईनल खेल्नेछ ।

सेमिफाईनलका दुवै खेल आउने सोमबार हुनेछ । फाईनल खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : २७ बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षरोपण गर्न सम्झौता

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट

छ वटा सम्पदा परे अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव – मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूको बोलीमा

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट