२९ भदौ २०८३, सोमबार | September 14, 2026

जनभावनामा जारी तिलोत्तमास्तरीय भलिबलमा आइतबार सेमीफाइनल र फाइनल खेल हुने



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-८ दिपनगरमा शुक्रबारदेखि शुरु भएको सामुदायिक विद्यालय शिक्षक कर्मचारी भलिबल प्रतियोगिताको सेमीफाइनल पुग्ने ४ वटा टोलीको टुगों लागेको छ ।

शनिबार भएका पहिलो र दोस्रो चरणका खेलहरुबाट उत्कुष्ट प्रर्दशन गरेका ४ टोली बीच आइतबार सेमीफाइंनल खेल हुनेछ भने अन्तिम तथा फाईनल खेल समेत आइतबार नै खेलाइने छ ।

जसअन्र्तगत आइतबार शान्ति नमुना मावि मणिग्राम र आधारभुत विद्यालयहरुको टिम बीच पहिलो सेमीफाइनल खेल हुनेछ भने दोस्रो सेमीफाइनल खेल जनता मावि मोहनाजोत र जनज्योति मावि डिंगरनगर बीच हुने आयोजक विद्यालय जनभावना माविका प्रअ शम्भु प्रसाद पराजुलीले जानकारी दिए ।

राष्ट्रिय एकता दिवशको अवसर पारि शुक्रबारबाट शुरु प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु १७ हजार ७ सय ७७ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जनभावना माविले जनाएको छ ।

त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोली मध्ये तेस्रो हुनेले ९ हजार ९ सय ९९ र चौथो हुनेले नगद रू ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागततर्फ उत्कुष्ट खेल प्रर्दशन गर्ने शिक्षक कर्मचारीहरुलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगितामा १५ मा वि र आधारभूत विद्यालयहरुको एक संयुक्त टिम गरी जम्मा १६ समूहको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ५९ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको