१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जनभावनामा जारी तिलोत्तमास्तरीय भलिबलमा आइतबार सेमीफाइनल र फाइनल खेल हुने



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-८ दिपनगरमा शुक्रबारदेखि शुरु भएको सामुदायिक विद्यालय शिक्षक कर्मचारी भलिबल प्रतियोगिताको सेमीफाइनल पुग्ने ४ वटा टोलीको टुगों लागेको छ ।

शनिबार भएका पहिलो र दोस्रो चरणका खेलहरुबाट उत्कुष्ट प्रर्दशन गरेका ४ टोली बीच आइतबार सेमीफाइंनल खेल हुनेछ भने अन्तिम तथा फाईनल खेल समेत आइतबार नै खेलाइने छ ।

जसअन्र्तगत आइतबार शान्ति नमुना मावि मणिग्राम र आधारभुत विद्यालयहरुको टिम बीच पहिलो सेमीफाइनल खेल हुनेछ भने दोस्रो सेमीफाइनल खेल जनता मावि मोहनाजोत र जनज्योति मावि डिंगरनगर बीच हुने आयोजक विद्यालय जनभावना माविका प्रअ शम्भु प्रसाद पराजुलीले जानकारी दिए ।

राष्ट्रिय एकता दिवशको अवसर पारि शुक्रबारबाट शुरु प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु १७ हजार ७ सय ७७ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जनभावना माविले जनाएको छ ।

त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोली मध्ये तेस्रो हुनेले ९ हजार ९ सय ९९ र चौथो हुनेले नगद रू ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागततर्फ उत्कुष्ट खेल प्रर्दशन गर्ने शिक्षक कर्मचारीहरुलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगितामा १५ मा वि र आधारभूत विद्यालयहरुको एक संयुक्त टिम गरी जम्मा १६ समूहको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ५९ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको