१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

कर्णालीको सरकार बिस्तार, को को बने मन्त्री ?



सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार बिस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त  गरेका हुन् । उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ ।

मन्त्री बन्नेमा माओवादी केन्द्रबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । उर्जा मन्त्री बनेका परियार यसअघि विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।

त्यसैगरी एमालेबाट विनोद कुमार शाही भूमि व्यवस्था, कृषि तथा सहकारी, शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री कँडेलले गमता विकलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका छन् । एमालेले भाग पाएको आन्तरिक मामिला तथा योजना मन्त्रालय कँडेलले आफैसँग राखेका छन् । कर्णालीमा मुख्यमन्त्रीसहित आठ जना मन्त्रालय छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ३ : ३५ बजे

समयसीमाभित्रै महाधिवेशन हुन्छ : कांगेस महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ

प्रधानमन्त्री माग्दै संसदमा हर्क साम्पाङको विरोध, सभामुखसँग सवालजवाफपछि बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौं । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य

मानव अधिकार संरक्षणका लागि आयोग सधैं चनाखो हुनुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानव अधिकार

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण