४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम



काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैछ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसंगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

आजको खेलमा नेपालले कप्तान रोहित पौडेललाई आराम दिएको छ । यस खेलमा नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दै छन् ।

आज नेपाली टिममा चार परिवर्तन गरिएको छ । आज कप्तान रोहितसहित कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्दलाई बाहिर राखिएको छ भने करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी खेल्दै छन् ।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

नेपालको प्लेइङ- ११ : दिपेन्द्र सिंह ऐरी (कप्तान), अनिल शाह, आरिफ सेख, कुशल मल्ल, गुलशन झा, करण केसी, बिबेक यादव, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

सिरिजको चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको