६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ



बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ संचालन आएको छ । इ-ड्राइभ लुम्बिनी नेपाल र इ-ड्राइभ नेपालको सहकार्यमा बुधबारदेखि राइड शेयरिङ एप संचालनमा ल्याइएको हो ।

कुनै पनि यात्रुले इ-ड्राइभ नेपालको एप मार्फत् अनलाइनबाट आफूलाई आवश्यक सवारी साधनको बुक गरि गन्तब्यमा पुग्न सक्नेछन् । यो सुबिधा काठमाडौं उपत्याकामा रहे पनि लुम्बिनीमा भने पहिलोपटक हो । यसले सर्वसाधरणलाई जुसुकै बेला गन्तव्यमा पुग्न सहज हुनेछ ।

इ-ड्राइभ लुम्बिनी प्रालि र इ-ड्राइभ नेपाल प्रालिले पहिलोपटक लुम्बिनी प्रदेशमा राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ संचालनमा ल्याएका हुन् ।

इ-ड्राइभ नेपाल प्रालिले बिगत ६ महिनादेखि काठमाडौं उपत्याकामा राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएको छ । उक्त सेवा विस्तार गरी भैरहवा-बुटवल लगायत वरिपरिका क्षेत्रमा सेवा संचालन सुरु गरिएको हो । कुनै गन्तव्यमा जानु परेमा सर्वसाधरणले इ-ड्राइभको एपमार्फत् सवारीसाधन बुक गरी तोकिएको शुल्क तिरेर गन्तव्यमा पुग्न सक्नेछन् ।

बुधबारदेखि संचालनमा ल्याइएको उक्त सेवाले सवारीसाधन बिहीन यात्रुलाई जुनसुकै बेला सेवा लिन सहज हुने विश्वास गरिएको छ । पहिलो चरणमा कार, मोटरसाइकल, स्कुटर जस्ता सवारी संचालनमा ल्याइएको हो ।

निकट भबिष्यमैं बिद्युतीय टेम्पो र एम्बुलेन्स पनि संचालन गर्ने योजना प्रालिको छ । इ-ड्राइभमा आबद्ध सवारी प्रयोग गर्दा यात्रुको जोमिखलाई हेरेर बीमा गरिएको छ भने सुरक्षालाई दृष्टिगत गरी मनिटरिङको व्यवस्था मिलाइएको इ-ड्राइभ नेपाल प्रालि लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुप्ताले बताए ।

खासगरी स्थानीय युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर दिने, इलेक्ट्रिक सेवाको उच्चतम प्रयोग गर्दै इन्धनका लागि बिदेशिने ठूलो धनराशी जोगाउनु र बातावरणको संरक्षण गर्नु पनि इ-ड्राइभ नेपाल उद्देश्य रहेको संचालकले जनाएका छन् । यसका लागि बढीभन्दा बढी इलेक्ट्रिक सवारी प्रयोग हुने जनाइएको छ ।

कम्पनीले पहिलो चरणमा ५ वटा आफ्नै विद्युतीय सवारी संचालनमा ल्याएको छ । यस्तै, एक हजार बढी मोटरसाइकल र स्कुटर तथा सयौं साना सवारी चालक युवाहरु आबद्ध भएका छन् । बुधबार इ-ड्राइभको सेवा शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रविधिको प्रयोग अहिलेको मुख्य आवश्यकता भएको बताए । उनले स्वदेशमै केही गरौं भन्नेहरुलाई थुप्रै अवसर रहेको सुनाउँदै त्यस्ता युवा तथा उद्यमीलाई प्रदेश सरकारले सधै सहयोग गर्दै जाने जनाए । यस्तै, सरोकारवालाले केही गर्न चाहनेलाई स्वदेशमै धेरै सम्भावना रहेको बताए ।

यात्रुको सुरक्षाका लागि नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने भएकाले इ-ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्ण रुपमा सुरक्षित रहने कम्पनीको दावी छ ।

यात्रुले प्रयोग गरेको सवारी साधनको सम्पूर्ण नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीलाई थप ढुक्क बनाउने छ । इ-ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख बराबरको बीमा र ७० हजार बराबर उपचार खर्चको व्यवस्था गरिएको छ । १० जना युवाहरुको पहलमा पहिलोपटक लुम्बिनी उक्त सेवा सुरु गरिएको हो । यसले सयौं युवालाई स्वरोजगार बन्न टेवा पुर्याउने छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : २५ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता