२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार



नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार सञ्चारिका पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित भएका छन् । सञ्चारिका समूह बाँकेले आयोजना गरेको कार्यक्रममा पत्रकारितामा निरन्तर सक्रिय दुई जना महिला पत्रकारलाई सञ्चारिका पत्रकारिता पुरस्कार २०८० बाट सम्मान गरिएको हो ।

वि.स ०४९ सालदेखि पत्रकारितामा सक्रिय तथा निरन्तर महिला पत्रकारलाई पत्रकारितामा स्थापित गर्न र उनीहरुको क्षतमा अभिबृद्धि गर्न तथा महिला पत्रकारलाई पत्रकारितामा सक्षम बनाउनका लागि पुर्याएको योगदानको कदर स्वरुप डा मुना श्रेष्ठलाई सञ्चारिका सम्मान पत्र २०८० प्रदान गरिएको सञ्चारिका समुहले जनाएको छ ।

२०६५ सालदेखि अनवरत टेलिभिजन पत्रकारितामा सक्रिय टेलिभिजन पत्रकार रेजिना मल्ललाई पनि सञ्चारिका सम्मान पत्र २०८० बाट सम्मान गरिएको छ ।

डा. श्रेष्ठलाई सञ्चारिका समूह नेपालको पहिलो निर्वाचित अध्यक्ष वन्दना राणाद्वारा सम्मान पत्र प्रदान गरिएको थियो भने कान्तिपुरकर्मी मल्ललाई पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले सम्मान पत्र वितरण गरेका थिए ।

सञ्चारिका समूह नेपाल बाँके शाखा र साथीको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा सञ्चारिकाले २०८१ सालको भित्ते पात्रोको पनि विमोचन गरेको थियो ।

कार्यक्रममा राप्ती सोनारी गाउपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, खजुरा गाउपालिकाका अध्यक्ष डम्बर विक तुफान, द्वन्द्वपीडित एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष एकमायाँ विक, ईन्सेकका सरस्वती मल्ल, एडभोकेसी फोरमका बसन्त गौतमलगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : ३८ बजे

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण