१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता



बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । १४ वर्ष मुनिका खेलाडीहरुको प्रतिभालाई बाहिर निकाल्न र खेल प्रतिको मोहलाई उजागरण गर्न क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

वस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिताको तयारी पुरा भएको छ ।

बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि वस्टर्न क्रिकेट क्लवका अध्यक्ष भुवन पाण्डेले आजदेखि हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका हुन । रुपन्देहीका विभिन्न ८ क्रिकेट टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद २१ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ११ हजार नगद, ट्रफि र प्रमाणपत्र हात पार्ने अध्यक्ष पाण्डेले जानकारी दिए ।

नहरपुर माविको खेल मैदानमा हुने प्रतियोगितामा वष्टर्न क्रिकेट क्लव, शान्ति नमुना मावि, होराइजन मावि, वष्टर्न क्रिकेट एकेडेमी, होराइजन जिवीएस, एमएसएमटी क्रिकेट एकेडेमी, बुद्ध पक्लिक स्कुल र स्टार क्रिकेट एकेडेमी गरि आठ टिमको सहभागिता रहेको बताइएको छ ।

पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समिति बुटवलका अध्यक्ष बोनीन पियाले खेल क्षेत्रको विकासका लागि नगरले विभिन्न खाले योजनाहरु लिएको उल्लेख गर्दै क्रिकेटको विकास र खेलाडि उत्पादन गर्ने कार्यमा नगर सदैव सकारात्मक रहेको बताए । उनले नगरभित्र खेल क्षेत्रको विकास र पुर्वाधारका विषयमा गम्भिर रहेको बताए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ८ : ५५ बजे

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी