३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई



बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजन बोर्डिङ स्कुलले हात पारेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा बिहीबार भएको फाईनल खेलमा र बुद्ध पब्लिक स्कुललाइ ३ बिकेटले पराजित गर्दै न्यू होराइजन बोर्डिङ स्कुलले उपाधी हात पारेको हो ।

प्रतियोगिताको उपाधी विजेताले नगद २१ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ११ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीहरुलाई समेत विधागत रुपमा नगद तथा मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिएको आयोजक क्लबका अध्यक्ष भुवन पाण्डेले जानकारी दिए ।

न्यू होराईजन स्कुलले स्टार क्रिकेट एकेडेमीलाई ५७ रन तथा बुद्ध पब्लिक स्कुलले आयोजक वेष्ट्रन क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव सचिव प्रशान्त बिक्रम मल्ल, क्लबका अध्यक्ष भुवन पाण्डे लगायतले पुरस्कार वितरण गरेका सचिव बिष्णु पाण्डेले जानकारी दिए । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले खेलकुदको क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताए ।

बुटवलबाट प्रतिनिधित्व गर्ने खेलाडी भनेको यहाको सेरोफेरोका धेरै जिल्लाको प्रतिनिधित्व गर्ने उनले बताए । विकासको मोडल खेलकुदलाई अघि बढाउन जरुरी रहेको उनले बताए । खेलकुद भनेको प्रतिस्प्रर्धाको विधा भएकोभन्दै यसबाट आम नागरिकको जिवनलाई सिकाईको रुपमा रहेको उनले बताए । खेलाडीहरुलाई प्रोत्साहन हुने गरि कार्यक्रम अघि बढाउने उनले बताए ।

प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न क्लबका ८ टिमलाई दुई पोलमा राखेर खेलाईएको थियो । कार्यक्रमको सञ्चालन संचारकर्मी सुमन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ७ : ११ बजे

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को