४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता



बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । १४ वर्ष मुनिका खेलाडीहरुको प्रतिभालाई बाहिर निकाल्न र खेल प्रतिको मोहलाई उजागरण गर्न क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

वस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिताको तयारी पुरा भएको छ ।

बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि वस्टर्न क्रिकेट क्लवका अध्यक्ष भुवन पाण्डेले आजदेखि हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका हुन । रुपन्देहीका विभिन्न ८ क्रिकेट टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद २१ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ११ हजार नगद, ट्रफि र प्रमाणपत्र हात पार्ने अध्यक्ष पाण्डेले जानकारी दिए ।

नहरपुर माविको खेल मैदानमा हुने प्रतियोगितामा वष्टर्न क्रिकेट क्लव, शान्ति नमुना मावि, होराइजन मावि, वष्टर्न क्रिकेट एकेडेमी, होराइजन जिवीएस, एमएसएमटी क्रिकेट एकेडेमी, बुद्ध पक्लिक स्कुल र स्टार क्रिकेट एकेडेमी गरि आठ टिमको सहभागिता रहेको बताइएको छ ।

पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समिति बुटवलका अध्यक्ष बोनीन पियाले खेल क्षेत्रको विकासका लागि नगरले विभिन्न खाले योजनाहरु लिएको उल्लेख गर्दै क्रिकेटको विकास र खेलाडि उत्पादन गर्ने कार्यमा नगर सदैव सकारात्मक रहेको बताए । उनले नगरभित्र खेल क्षेत्रको विकास र पुर्वाधारका विषयमा गम्भिर रहेको बताए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ८ : ५५ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन