१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

देश दैडाहमा चलचित्र ‘खजुरे ब्रो’को टिम



बुटवल । नेपाली चलचित्र ‘खजुरे ब्रो’को टिम चलचित्रको प्रमोसनको लागी बुटवल आइपुगेको छ । बैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘खजुरे ब्रो’को टिमले बुटवलका पत्रकारहरुसँग भेटघाट गरी चलचित्रको बारेमा जानकारी दिएको हो ।

चलचित्रको मुख्य पात्र खजुरेको भूमिकामा देखिएका कलाकार रेअर राईले चलचित्रमा खजुर पात्र सहरमा भविष्यलाई सोच्ने हैन अहिलेको वर्तमानमा कसरी जीवन जिउन सकिन्छ भन्ने कुरालाई कमेडी शैलीले प्रस्तुत गरिएको बताए ।

सहकारी पिडित र ग्रामिण सहकारीको दर्दनाक कथा समेटिएको फिल्मले देशको परिस्थिति बोलेको नायक रेअर राईको भनाई छ। चलचित्र पत्रकार संघ नेपाल, रुपन्देही शाखाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्रका कलाकारहरुले दर्शकको माया बटुल्न मोफसलमा आएको बताएका छन् ।

त्यस्तै, अभिनेता महेश त्रिपाठीले चलचित्रको कथा फरक भएकोले आफू फिल्मसँग जोडिएको बताए । फिल्मले दर्शकलाई केही नयाँ र भिन्न अनुभूति दिने उनले धारणा राखे । उनले चलचित्रमा कविको भूमिकामा देखिएको जानकारी दिए । कलाकार तथा निर्माता नवीन मानन्धरले चलचित्रमा सहकारीको ठगीको विषय साथै हामीले सधैँ देख्दै र सुन्दै आएको घटनाहरुलाई देखाउन खोजिएको जानकारी दिए । उनले चलचित्र सफल हुने आफू विश्वस्त रहेको सुनाए ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्मको निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् । अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।

फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राई,शान्तिला तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १२ : ५५ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको