२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान



काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको छ ।
सन् २०२४ को विश्वकप क्रिकेटका लागि छनोटमा पारेका विद्यार्थीहरुलाई कलेजले बिहिबार एक समारोहका बीच सम्मान र शुभकामना प्रदान गरेको हो।

फिनिक्स कलेजमा बिबिए अध्यनरत कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सन्दिप जोरा र प्रतिश जिशी विश्वकपमा नेपालको राष्ट्रिय टिमबाट खेल्नेछन्।

सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै कलेजका कार्यकारी अध्यक्ष भरत गिरीले प्रतिभाशाली विद्यार्थीहरूले विश्वमञ्चमा आफ्नो सीप प्रदर्शन गरेको देख्न पाउनुले समग्र कलेज परिवार गौरवान्वित भएको बताए।

उनले खेलाडीहरूलाई साहसका साथ खेल भावनालाई कायम राख्दै उत्कृष्ट प्रदर्शन गरी समग्र राष्ट्रलाई गौरवान्वित गर्न शुभकामना दिए।

अध्यक्ष गिरीले कलेजले विद्यार्थीहरुलाई पढाई सँगै खेलकुदका क्रियाकलापमा पनि अग्रसर गर्नुपर्ने बताउँदै  कलेजले योग्य विद्यार्थीहरुलाई खेल छात्रवृत्ती प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : ०७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य