१० पुस २०८२, बिहिबार | December 25, 2025

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न



कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई पेसागत दक्षतासम्बन्धी १ दिने प्रशिक्षण प्रदान गरिएको छ ।

प्रशिक्षणमा कक्षा प्रि-नर्सरीदेखि कक्षा ८ सम्म अध्यापनरत शिक्षकशिक्षिकाहरूलाई लक्षित गरी प्रशिक्षक पुरुषोत्तम पाण्डेयले पेसागत क्षमता, व्यक्तित्व र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए भने सीमा थापाले प्रि-नर्सरी, नर्सरी र केजीमा आर्ट एन्ड क्राफ्ट, संस्कार र संस्कृति तथा व्यावहारिक ज्ञान सिकाउने प्रयोगात्मक अभ्यास, कक्षाकोठा व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य युवराज बेल्बासेले शिक्षण सिकाइ क्रियाकलाप, शिक्षणकौशल र पेसागत दक्षता विकासका लागि प्रशिक्षण राखिएको बताउँदै गुरुकुल एकेडेमीले गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र आधुनिक सिकाइको वातावरण तयार गर्दै अगाडि बढिरहेको कुरा बताए ।

१ दिने प्रशिक्षणमा विद्यालयका शिक्षकशिक्षिकाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो भने प्रशिक्षण सिकाइमूलक र प्रभावकारी रहेको कुरा सहभागी शिक्षिका माया वमसिंहले बताए ।

गुरुकुल एकेडेमीले गुणस्तरीय शिक्षा, विद्यार्थीहरुको क्षमता पहिचान, प्रोत्साहन र संस्कार एवम् संस्कृतिसम्बन्धी व्यावहारिक ज्ञान समेत दिँदै आइरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ५ : ४३ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु