१२ फाल्गुन २०८२, मंगलबार | February 25, 2026

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । यसअघि यही वैशाख १६ गते न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो ।

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए। उनले जिल्लाको फैसला बदर गर्दै उच्च अदालतबाट सफाइ पाउनुपर्ने माग गरेका छन् । लामिछानेसँगै सरकारी पक्ष पनि उच्च अदालत पुगेको छ ।

सरकारले पनि नाबालिग बलात्कारकै कसुरमा सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन गरेको छ । लामिछानेको मुद्दामा यो सुनुवाइपछि फैसला वा आवश्यक आदेश हुन सक्नेछ ।

जिल्ला अदालत काठमाडौंले एक युवती बलात्कारको आरोपमा सन्दीपलाई ८ वर्ष कैदको फैसला गरेको थियो । जिल्लाले जाहेरीकर्ता भने बालिग रहेको ठहर गरेको थियो। उक्त फैसलापछि उच्च अदालत पुगेका सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा पाएका थिए। उनले थुना बाहिरै रहेर मुद्दा लडिरहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १० : २६ बजे

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण

सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना

कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ

पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै

प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका

यस्तो छ शुधान्सु कोइरालाको चुनावी संकल्प पत्र (पूर्णपाठ)

नेपालगन्ज । प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का