२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न



बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको छ । देशैभरका विद्युत कार्यालयहरुमा विविध गतिविधिहरुसहित शनिबार दिवस मनाएको हो ।

यसैबीच लुम्बिनी प्रदेश समितिले प्रदेश अन्तरगतका सबै कार्यालयहरुमा दिप प्रज्ज्वलन एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवल ग्रीड कार्यालयमा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय, प्रदेश एवम् इकाइका गरि करिब ४० जनाको उपस्थितिमा दिवस मनाइएको थियो । केन्द्रीय सदस्यहरु राधा रानाभाट, टंक प्रसाद बस्याल, कमल गौतम, जयराम भट्टराई तथा पुरुषोत्तम अधिकारिले सङ्गठनको ईतिहास र गरिमाको बारेमा चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

सोही सन्दर्भमा बोल्दै प्रदेश अध्यक्ष टेक बहादुर बुढाले नेबिप्राको इतिहासमा राष्ट्रिय कर्मचारी युनियन मात्र कुनै राजनितिक दलसँग आवद्ध नभई सबै आस्था र बिचार भएका व्यक्तिहरुलाई संगठित गर्ने काम गरेको उल्लेख गरे ।

अध्यक्ष बुढाले केही ट्रेडयुनियन कर्मी सदस्यहरुलाई पार्टीको झण्डा नै प्रचार गर्ने गरेको उल्लेख गर्दै यस प्रकारको प्रवृत्तिले कर्मचारि र संस्थालाई सहि बाटोमा लैजान नसक्ने जिकिर गरे । यस प्रकारका गतिविधिले निजामती ऐनमा ट्रेडयुनियन आन्दोलनको अधिकार काटिने गरि व्यवस्था हुन लागेको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रम राष्ट्रिय कर्मचारि युनियन, लुम्बिनी प्रदेश समितिका सचिव गोपाल प्रसाद भट्टराईको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  २ : ३४ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ