३ पुस २०८२, बिहिबार | December 19, 2025

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न



भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा भक्तपुर तेखाचोको क्वनेया गुँला बाजा सञ्चालन तथा व्यवस्थापन समिति प्रथम भएको छ । आइतबार सम्पन्न प्रतियोगितामा बुराँख्यो येँ, नरदेवीको ङत तुलाधर गुँला बाजँ खलः द्वितीय, मध्यपुरथिमिको प्रजापति गुँला बाजा तृतीय, मथिनपाको थिमि गुँला बाजा खलः र इतुंबहाः येँ, काठमाडौको २४ को केशचन्द्र गुँला बाजं खलः ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले प्रतियोगिताका विजयी समूहलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु ४० हजार, द्वितीयलाई नगद रु ३० हजार, तृतीयलाई नगद रु २५ हजार र सान्त्वना स्थान प्राप्त गरेको दुई समूहलाई रु २० हजारको दरले नगद पुरस्कार प्रदान गरिएको हो । प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई रु पाँच हजार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गरेको बाजा समूहलाई वाद्यवादन सामग्री पनि पुरस्कारको रुपमा प्रदान गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजुक्छे (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजनामा भएको गुँला बाजा प्रतियोगिता एक सांस्कृतिक पर्वको रुपमा सञ्चालन भएको बताउदैं प्रतियोगिता आयोजनाले संस्कृतिकर्मी र कलाकारमा उत्साह थपेको बताए ।

उनले नयाँ पुस्तामा ज्ञान र सीप हस्तान्तरणले देशको मौलिक संस्कृति जगेर्नामा उल्लेखनीय योगदान पुग्ने बताए । विद्यालयस्तरदेखि यस्ता सीपको प्रशिक्षण दिन सके देशको कला संस्कृति जीवन्त हुने उनको भनाइ थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा १० वटा महानगरपालिका एवं नगरपालिका र चार वटा जिल्लाका गरी २६ वटा बाजा खलःले सहभागिता जनाएको जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ४६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको