६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

चोरले एक तोला सुन निलेपछि!!!



पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट रु १५ हजार नगद बरामद गरिएको थियो ।

तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । “निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो”, सूचना अधिकारी कुशवाहाले भने । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।

गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए । -रासस

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : ०७ बजे

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु