२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन



बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका सामाजिक अभियान्ताहरुले समाज स्थापना गरि दुई स्थानका संस्कार, संस्कृति संरक्षण र सामाजिक गतिविधिमार्फत जोड्ने काम गरेका छन ।

पूर्वी पाल्पा समाज रुपन्देही गठन गरि दुई जिल्लाका बिचमा आपसी भावनात्मक सम्बन्ध बिस्तार र सामाजिक अभियानका कार्यक्रमलाई जोड दिदै आएको समाजका अध्यक्ष सुनिल श्रेष्ठले बताए ।

समाजका अध्यक्ष सुनिल श्रेष्ठले संस्थाबाट छोरी शिक्षा कार्यक्रम, छात्रवृत्ति, असहाय अक्षयकोष स्थापनाको कामलाई अघि बढाएको बताए । पाल्पाबाट रुपन्देही झरि विभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तित्वहरुलाई संस्थामा गोलबन्द गरि रचनात्मक कामलाई जोड दिएको उनले बताए ।

आफनो गाउ, आफनै ठाउँ निशुल्क स्वास्थ्य शिविर गर्ने तयारीमा रहेको भन्दै उनले अक्षयकोषमा आर्थिक श्रोत जुटाउन बुटवलमा रामपुर सागितिक कार्यक्रमको तयारीमा रहेको सुनाए । पाल्पाको रामपुरसहित अन्य विभिन्न क्षेत्रलाई रुपन्देहीसंग शैक्षिक, स्वास्थ्य, पर्यटकिय रुपमा जोड्न सकिने सम्भावना रहेको उनले बताए । आम नागरिकहरुलाई स्वस्थ्यमा सहयोग मिल्ने गरि एम्बुलेन्स सेवा दिने, समृद्धि र बिकासको निम्ति जनतासंग समाज अन्तरक्रिया कार्यक्रमहरु गर्ने समेत उनले बताए ।

यसैबिच एक कार्यक्रमका बिच समाजको पहिचान दिने गरि नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो प्रकाशन गरि सार्वजनिक गरिएको छ ।

कार्यक्रमको नेपाल सरकारका उप-सचिब बाबुराम अर्याल, संस्थाका सल्लाहकार नारायण खनाल, दीपक बस्तोला, सालिकराम गौतम, उपाध्यक्ष बृन्धा भट्टराई (आचार्य), सहसंयोजक गणेश सेढाईले भित्रेपात्रो सार्वजनिक गरेका छन ।

कार्यक्रममा उपसचिव अर्यालले संस्थाबाट समाज विकासमा गरिएको कार्यक्रमको प्रशंसा गर्दै समुह कार्यलाई जोड दिएर आवश्यकताको आधारमा कार्यक्रमहरु गर्न सुझाव दिए ।

कार्यक्रम संयोजक गणेश सेढाईले रुपन्देही प्रगतिको आधार, बुटवल रामपुर कारोबार, रुपन्देही हाम्रो पहिचान, समृद्ध रामपुर हाम्रो अभियानलाई सार्थक बनाउने गरि कार्यक्रमहरु तय गरि काम गर्दा सफलता मिलेको बताए ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : १६ बजे

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक