६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन



बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका सामाजिक अभियान्ताहरुले समाज स्थापना गरि दुई स्थानका संस्कार, संस्कृति संरक्षण र सामाजिक गतिविधिमार्फत जोड्ने काम गरेका छन ।

पूर्वी पाल्पा समाज रुपन्देही गठन गरि दुई जिल्लाका बिचमा आपसी भावनात्मक सम्बन्ध बिस्तार र सामाजिक अभियानका कार्यक्रमलाई जोड दिदै आएको समाजका अध्यक्ष सुनिल श्रेष्ठले बताए ।

समाजका अध्यक्ष सुनिल श्रेष्ठले संस्थाबाट छोरी शिक्षा कार्यक्रम, छात्रवृत्ति, असहाय अक्षयकोष स्थापनाको कामलाई अघि बढाएको बताए । पाल्पाबाट रुपन्देही झरि विभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तित्वहरुलाई संस्थामा गोलबन्द गरि रचनात्मक कामलाई जोड दिएको उनले बताए ।

आफनो गाउ, आफनै ठाउँ निशुल्क स्वास्थ्य शिविर गर्ने तयारीमा रहेको भन्दै उनले अक्षयकोषमा आर्थिक श्रोत जुटाउन बुटवलमा रामपुर सागितिक कार्यक्रमको तयारीमा रहेको सुनाए । पाल्पाको रामपुरसहित अन्य विभिन्न क्षेत्रलाई रुपन्देहीसंग शैक्षिक, स्वास्थ्य, पर्यटकिय रुपमा जोड्न सकिने सम्भावना रहेको उनले बताए । आम नागरिकहरुलाई स्वस्थ्यमा सहयोग मिल्ने गरि एम्बुलेन्स सेवा दिने, समृद्धि र बिकासको निम्ति जनतासंग समाज अन्तरक्रिया कार्यक्रमहरु गर्ने समेत उनले बताए ।

यसैबिच एक कार्यक्रमका बिच समाजको पहिचान दिने गरि नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो प्रकाशन गरि सार्वजनिक गरिएको छ ।

कार्यक्रमको नेपाल सरकारका उप-सचिब बाबुराम अर्याल, संस्थाका सल्लाहकार नारायण खनाल, दीपक बस्तोला, सालिकराम गौतम, उपाध्यक्ष बृन्धा भट्टराई (आचार्य), सहसंयोजक गणेश सेढाईले भित्रेपात्रो सार्वजनिक गरेका छन ।

कार्यक्रममा उपसचिव अर्यालले संस्थाबाट समाज विकासमा गरिएको कार्यक्रमको प्रशंसा गर्दै समुह कार्यलाई जोड दिएर आवश्यकताको आधारमा कार्यक्रमहरु गर्न सुझाव दिए ।

कार्यक्रम संयोजक गणेश सेढाईले रुपन्देही प्रगतिको आधार, बुटवल रामपुर कारोबार, रुपन्देही हाम्रो पहिचान, समृद्ध रामपुर हाम्रो अभियानलाई सार्थक बनाउने गरि कार्यक्रमहरु तय गरि काम गर्दा सफलता मिलेको बताए ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : १६ बजे

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ ।

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

काठमाडौंं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहज रुपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय