२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !



काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफु एमालेमा फर्किन आतुर रहेको बताउदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिना देखि कुरिरहेको बताएका हुन् ।

उनले आफुलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउदै ओलीले नेकपा फुटेको बेला आफु कतै नलागेकोले आफुलाई घाटा लागेको समेत बताए ।

आफुलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउदै आफुले नेकपा नफुटाएको जिकिर गर्दै आफु त्यति बेला कतै नलागेको स्पष्ट गरे । नेता बामदेवले ओलीकै आगाडी भने- ‘म एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन । म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउ ।’

सोहि कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउदै अहिले यस विषयमा आफुले चर्चा गर्न नचाहेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ४१ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद