४ पुस २०८२, शुक्रबार | December 20, 2025

डिशहोमले ले टि टुवान्टी र युरोकपलाई लक्षित गर्दै देशका १५ वटा शहरमा रोड शो गर्दै



काठमाडौ । २०८१ साल बैशाख २५ गतेबाट सुरु भई रहेको रेडियो अन व्हील्स रोड शो कार्यक्रम सँगको सहकार्यमा डिशहोम फाईवरनेटले पनि आफ्नो सेवा सुविधाहरुको प्रचार प्रसार गर्ने भएको छ ।

यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोताको भुमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिनेछन् ।

अन्य थप रोमान्चाक गतिविधीहरु हुनेछन् जहाँ सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कारहरु पनि जित्न सक्नेछन ।

यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुँने रेडियो अन व्हिल बैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते बिरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भइ समापन हुनेछ।

कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ। डिशहोमले आउदो टि टुवान्टी र युरोकपलाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड(शो गरेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ११ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको