६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ



लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार पारिएको बंगैचामा मंगलबार विश्वशान्तिको कामना गर्दै पाठ गरिएको छ । बगैंचा परिसरमा निर्माण गरिएको चैत्य प्राणप्रतिष्ठान तथा महायानी बौद्ध परम्पराअनुसार प्राणीजगतको कल्याणको कामना सहित पाठ गरिएको हो ।

रुस-यूक्रेन युद्धबाट शान्ति खोज्दै बुद्धजन्मस्थल लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभ सहितका समुदायले बगैचा तयार पारेका हुन् । रसियाको बौद्ध सम्प्रदाय बाहुल्य राज्य कालमिकका नागरिक बर्चुनोभ लगायतका बौद्ध समुदायले लुम्बिनी प्लाजामा बगैचा निर्माण लगायत संरचनाका लागि सहयोग गरेका छन् ।

मंगलबार रसिन खेन्पो एवं रसियन केन्द्रीय बौद्ध आध्यात्मिक प्रशासनका अध्यक्ष गेसे योङतेन सहित नेपालका लामा गुरुहरुको उपस्थितीमा लुम्बिनी प्लाजामा रहेको चैत्यमा प्राण प्रतिष्ठान पाठ र विश्व शान्तिको कामना गरिएको थियो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्य राजेश शाक्य पूजा तथा पाठमा सरिक भए । लुम्बिनी गुरुयोजना क्षेत्रलाई सौन्दर्यकरण गर्दै बौद्धमय बनाउनका लागि रसियन बौद्ध सम्प्रदायको सहयोग विश्वशान्तिका लागि उदाहरणीय कार्य भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

रसियन बुद्धिष्ट ओलिग बर्तुनोभले आफू बुद्धजन्मस्थलमा आएर बौद्ध सम्प्रदायको आस्थामा एउटा भएपनि इट्टा थप्न पाएकोमा खुशि व्यक्त गरे । पछिल्लो समय रुस-यूक्रेन युद्ध चर्किदा बौद्ध सम्प्रदायले बुद्धजन्मस्थल लुम्बिनी शान्तिको खोजी गर्दै आउनेक्रम बढेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ०५ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए