६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान पु¥याउने बताएका छन । भृकुटीमण्डपमा १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राज्यले साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा विशेष नीति अवलम्बन गर्नुपर्ने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयले स्वदेशी वस्तुको उपभोग निर्देशिका चाँडै ल्याउने तयारी गरिरहेको बताए । उक्त निर्देशिकाले स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने राज्यको नीतिमा जोड दिने उनको भनाइ छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगार दिन मन्त्रालयले केही नवीन अवधारणा ल्याउने तयारी गरिरहेको बताए । युवालाई स्वरोजगारमा जोड्न सङ्घीय सरकारको नेतृत्वमा रोजगार मेला आयोजना गरिने उनले जानकारी दिए ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्र सन्तोषजनक नरहेको गुनासो गरे । निर्यातले मात्रै राज्य बाँच्न सक्ने परिस्थिति नहुँदा उद्योग र उत्पादन क्षेत्रमा राज्यले विशेष नीति ल्याउनुपर्नेमा उनले जोड दिए ।

स्वदेशी व्यापारलाई अनलाइनमा पुर्याउन बजेट छुट्याउने, महिला उद्यमीलाई कर छुट गरी प्रोत्साहन गर्ने, हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना र सञ्चालन गर्नेलगायत कार्यक्रम आगामी बजेटमा समावेश गराउन महासङ्घका अध्यक्ष सिंहले सरकारलाई सुझाव दिए । महोत्सवमा घरेलु उद्यमीका दुई सयभन्दा बढी स्टल प्रदर्शनमा राखिएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : ३१ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र