१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान पु¥याउने बताएका छन । भृकुटीमण्डपमा १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राज्यले साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा विशेष नीति अवलम्बन गर्नुपर्ने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयले स्वदेशी वस्तुको उपभोग निर्देशिका चाँडै ल्याउने तयारी गरिरहेको बताए । उक्त निर्देशिकाले स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने राज्यको नीतिमा जोड दिने उनको भनाइ छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगार दिन मन्त्रालयले केही नवीन अवधारणा ल्याउने तयारी गरिरहेको बताए । युवालाई स्वरोजगारमा जोड्न सङ्घीय सरकारको नेतृत्वमा रोजगार मेला आयोजना गरिने उनले जानकारी दिए ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्र सन्तोषजनक नरहेको गुनासो गरे । निर्यातले मात्रै राज्य बाँच्न सक्ने परिस्थिति नहुँदा उद्योग र उत्पादन क्षेत्रमा राज्यले विशेष नीति ल्याउनुपर्नेमा उनले जोड दिए ।

स्वदेशी व्यापारलाई अनलाइनमा पुर्याउन बजेट छुट्याउने, महिला उद्यमीलाई कर छुट गरी प्रोत्साहन गर्ने, हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना र सञ्चालन गर्नेलगायत कार्यक्रम आगामी बजेटमा समावेश गराउन महासङ्घका अध्यक्ष सिंहले सरकारलाई सुझाव दिए । महोत्सवमा घरेलु उद्यमीका दुई सयभन्दा बढी स्टल प्रदर्शनमा राखिएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : ३१ बजे

गैँडाकोटमा चोटपटकसहित मृतावस्थामा युवती फेला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती

आजको मौसम पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको

३९ जना मतदाता रहेको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण

सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना