२३ बैशाख २०८३, बुधबार | May 6, 2026

जेन-जी प्रदर्शनमा बढी बल प्रयोग गरेको आरोप लागेका काठमाडौंका एसएसपी अधिकारीलाई जिम्मेवारीबाट हटाइयो



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ।

जेन-जी आन्दोलनका क्रममा  दमन गरेको आरोप लागेपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो। परिसर प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी रमेश थापालाई पठाइएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौं परिसर प्रमुख फेरिएको पुष्टि गरेको छ। जेन-जी आन्दोलनका क्रममा हालसम्म देशभरि ७४ जनाको मृत्यु भएको छ। जेन-जी आन्दोलनको पहिलो दिन मात्र काठमाडौंमा प्रहरीको गोलीले १९ जनाको मृत्यु भएको थियो।

जेन-जी आन्दोलनको छानबिनका लागि सरकारले न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय समेत गरेको छ। न्यायिक आयोग बनाइनसक्दै अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो।

अधिकारीलाई तत्कालीन गृहमन्त्री रमेश लेखकनिकट मानिन्थ्यो। गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा समेत दमन गरेको आरोप अधिकारीमाथि लागेको थियो।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : ४२ बजे

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको