५ असार २०८३, शुक्रबार | June 19, 2026

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु



फ्रान्स । स्वागत समारोहका लागि भव्य थ्रि-मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी बन्दरगाह सहर मार्सेलीका सडकमार्फत ओलम्पिक ज्वाला बोक्नेछन् ।

पेरिसमा जुलाई २६ मा ओलम्पिक खेलकुदको उद्घाटन समारोहसम्ममा चार सय ५० भन्दा बढी सहर हुँदै करिब १० हजार मसालवाहकले मुलुकभर ११ साताको यात्रा सुरु गर्नेछन् ।

सन् १९९० को दशकमा मार्सेली टिमबाट खेल्ने पूर्वफुटबल खेलाडी बेसिल बोलीले बिहीबारको पहिलो रिले नोट्रे डेम डे ला गार्डे बेसिलिकाबाट सुरुआत गर्नेछन् ।

बास्केटबल खेलाडी टोनी पार्करले बिहीबारपछि रिलेमा आफ्नो पालो लिनेछन् । मसाल बोक्नका लागि एक तरबारबाज च्याम्पियन, एक स्केटबोर्डर, एक मिसेलिन-ताराङ्कित सेफ र एक हास्य अभिनेतालाई पनि छनोट गरिएको छ ।

मार्सेलीका उत्साही फुटबल प्रशंसकहरूको घर प्रसिद्ध स्टेड वेलोड्रोमको छतमा मसाल लैजानका लागि सहभागीहरूले सहरको सबैभन्दा प्रतीकात्मक स्थानहरूमार्फत दिनभर दौडने तालिका छ ।

सहरले बुधबार ओलम्पिक ज्वालाको आगमनको खुशीयाली धुमधामसँग मनायो । मार्सेलीका मेयर बेनोइट पायनले ओल्ड पोर्टमा दुई लाख ३० हजारभन्दा बढी मानिस समारोहमा सहभागी भएको बताए ।

“यो अविश्वसनीय र जादुमय छ, हामीलाई यसको आवश्यकता थियो, हामीसँग मार्सेलीमा यस्तो प्रकारको घटना वा सुन्दर चिजहरू कहिल्यै हुँदैनन्”, मार्सेलीका बासिन्दा अमेल सेकोले भने ।

“यो यस्तो चिज हो जुन तपाईंले आफ्नो जीवनमा कम्तीमा एक पटक अनुभव गर्नुपर्छ… हामीसँग सूर्य र ओलम्पिक ज्वाला छ”, मार्सेलीका अर्का बासिन्दा मौना बौल्हासले भने । खेलहरूको समयमा मार्सेलीमा नौकायान प्रतियोगिता र केही फुटबल खेल आयोजना हुनेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : ४२ बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र