२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने, प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकालको बढुवा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी बैठकले समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी (सुनसरी) लाई मनोनयन गर्ने र भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर (काठमाडौं) लाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ७ : १२ बजे

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम